२०८३ जेठ ६ बुधवार , १२:२५:२२ बजे

Sajhamanch
'

देउरानी हत्या आरोपमा जेठानी पक्राउ

शुक्रवार, वैशाख २८, २०८१

दाङ । कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन्।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका वडा नम्बर ५ हुरूमबेली चौरबाट बिहीबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार २०७५ पुस २५ गते बिहान ७ बजेतिर घरायसी विवादका कारण हिराले आफ्नै देउरानी २८ वर्षीया कल्पना नेपालीलाई कुटपिट गरेकी थिइन्।

घाइते कल्पनाको उपचारका क्रममा २०७८ मंसिर १९ गते मृत्यु भएको थियो।कल्पनाको मृत्यु पछि हिरा फरार भएकी थिइन्। पक्राउ पछि हिरालाई घटना अनुसन्धानका लागि रुकुम पश्चिम लगिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए।