२०८१ जेठ ५, शनिवार , ०८:५८:५४ बजे

Sajhamanch
'

ओखलढुङ्गामा आगोले जलेर आमाछोराको ज्यान गयो

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताउनुभयो । केही दिन अघिदेखि स्थानीय जङ्गलमा डढेलो लागिरहेको छ ।

मङ्गलवार, वैशाख २५, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर