२०८१ जेठ ५, शनिवार , ०२:०६:५२ बजे

Sajhamanch
'

कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार बराकोटीलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो। पक्राउ परेका बराकोटीले पीडितलाई भिजिट भिसामा कुवेत पुर्‍याएका थिए। उनले कागजातहरू पनि नक्कली पेस गरेका थिए।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिए।

सम्बन्धित खबर