२०८१ जेठ ५, शनिवार , ०७:०२:४१ बजे

Sajhamanch
'

बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा सब–डिभिजनका १८, राप्तीसोनारी सब–डिभिजजनका चार, कोहलपुर सब–डिभिजनका २२ र शम्शेरगञ्ज सब–डिभिजनको एउटा चक्ला वनसहित गरी ७६ सामुदायिक वनमा डढेलो लागेको छ ।

बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले धेरैजसो ठाउँमा डढेलो नियन्त्रणमा आएको बताउनुभयो । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापर्बाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । यसैबीच बाँकेका विभिन्न पालिकामा आगलागीका एक सय पाँच वटा घटना भएका छन् । २०८० सालको साउनदेखि २०८१ वैशाखसम्म भएका घटनामा एक जनाको ज्यान गएको भने छ जना घाइते भएका छन् ।

सम्बन्धित खबर