२०८१ जेठ ६, आइतवार , १०:३२:०९ बजे

Sajhamanch
'

कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल नियुक्त

सोमवार, वैशाख २४, २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथसमेत लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–३, मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर–५ मा बस्दै आएका छन् । २०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका थिए ।

सम्बन्धित खबर