२०८१ जेठ ५, शनिवार , ०८:२१:४१ बजे

Sajhamanch
'

जंगलमा आगो लगाएको आरोपमा कास्कीबाट एकजना पक्राउ

सोमवार, वैशाख २४, २०८१

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे घर भएका ३९ वर्षीय अगन्दर पौडेल छन् । मराम्चे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।

आफ्नो खरबारीमा आगो लगाउँदा सो आगो अनियन्त्रित भएर सामुदायिक जंगलमा फैलिएको आरोपीले बयान दिएका छन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागी डिभिजन बन कार्यालय बगरमा पठाइएको एसपी थापाले जानकारी दिए ।

सम्बन्धित खबर