२०८१ जेठ ५, शनिवार , ०८:१२:४६ बजे

Sajhamanch
'

बिर्तामोडले जित्यो तेस्रो आदर्श च्यालेन्ज कपको उपाधि

आइतवार, वैशाख २३, २०८१

बुद्धशान्ति । बुद्धशान्तिमा सम्पन्न तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ ।

आदर्श युवा क्लबले आयोजना गरेको प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो ।

विजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैयाँ हात पार्याे भने मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधि हात पार्न बञ्चित रह्यो ।

खेलको ७ औँ मिनेटमा बिर्तामोडका डिफेण्डर देवेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर विशाल दर्जीले हेड मार्फत गोल गरेका थिए ।

खेलको २४ औँ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुरुङको क्रस पासलाई कप्तान आशिष चापागाईंले गोल गर्न सफल भए ।

त्यसैगरी, इन्ज्यूरी समयमा चापागाईंले नै विपक्षी गोल रक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टीमको जीत सुनिश्चित गरेका थिए ।

पहिलो हाफको इन्ज्यूरी समयमा मानेभन्ज्याङका सौरभ तामाङ २० यार्डबाट गरेको कडा प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ४५ औँ मिनेटमा मानेभन्ज्याङका स्ट्राइकर करण राईले डि बक्समा पाएको बललाई सदुपयोग गर्न सकेनन् ।

५४ औँ मिनेटमा सुरज रसाइलीले प्रहार गरेको फ्री किकलाई सौरभ तामाङले पोष्टमा प्रहार गरेको भएपनि गोलरक्षक बाधक बनेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता बिर्तामोड युनाइटेडका विशाल दर्जी घोषित भए ।

उनले नगद ३ हजार रुपैयाँ पुुरस्कार पाए ।

प्रतियोगिताको उदियमान खेलाडी आयोजक आदर्श युवा क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईं, उत्कृष्ट डिफेण्डर मानेभन्ज्याङका विरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कृष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बूु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देवेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ भए ।

उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पुुरस्कार पाए । प्रतियोगितामा भारतका दुुईसहित ८ टीमको सहभागिता रहेको थियो ।

वैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिताको आगामी संस्करणलाई पनि निरन्तरता दिने आयोजक समितिका खेल संयोजक मनेष दाहालले जानकारी दिए ।

एञ्जिलासहित खेलकर्मी सम्मानित

प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ट फर्ममा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टीमको कप्तान एञ्जिला तुुम्बापोलाई नगद राशीसहित सम्मान गरिएको थियो । उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो ।

त्यसैगरी, मेची–महाकाली धावन यात्रा पूरा गर्ने जीवनाथ अधिकारी, एन्फाको १३ वर्षमुनीको टीममा पर्न सफल भाइचुुङ शेर्पा, कराते तर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदकधारी चन्द्र पुलामी मगर, तेक्वान्दो तर्फ स्वर्ण पदकधारी रेष्मा भूजेल तथा स्व. रेफ्री लोकराज ढुंगाना र आदर्श युवा क्लबका पूर्व खेलाडी एवं प्रशिक्षक स्व. विनोद गुरुङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

सम्बन्धित खबर