२०८१ जेठ ५, शनिवार , १०:४२:०३ बजे

Sajhamanch
'

दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

आइतवार, वैशाख २३, २०८१

महेन्द्रनगर । कञ्चनपुरस्थित दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले शनिबार नदीमा डुबेर बेलौरी नगरपालिका-७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जानकारी दिए।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट बिरामी भएका छन्। उनीहरूमध्ये धनगढीमा एकजनाको र ​बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अर्का व्यक्तिको उपचार भइरहेको छ। दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ।

सम्बन्धित खबर