२०८१ जेठ ४, शुक्रवार , ०१:३७:५२ बजे

Sajhamanch
'

गुल्मीमा घाँस काट्दा लडेर एक महिलाको मृत्यु

शुक्रवार, वैशाख २१, २०८१

गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ ।रेसुङ्गा नगरपालिका वडा नम्बर-२ छापटोला निवासी ४३ वर्षकी खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएकी थापालाई उपचारका लागि गुल्मी जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार, वैशाख २१, २०८१ | मिडियाबाट साभार, समाज