२०८१ जेठ ८, मङ्गलवार , ०४:११:२८ बजे

Sajhamanch
'

कपिलवस्तुमा श्रीमान श्रीमती मृत फेला

बुधवार, वैशाख १९, २०८१

बुटवल । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडलका अनुसार बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए ।

सम्बन्धित खबर