२०८१ जेठ ८, मङ्गलवार , ०४:११:२७ बजे

Sajhamanch
'

इन्डोनेसिया पुलिसको इन्टरनेशनल रिलेसन्स विभाग प्रमुख नेपालमा

बुधवार, वैशाख १९, २०८१

काठमाडौँ । इन्डोनेसिया प्रहरीको हेड अफ इन्टरनेशलनल रिलेसन्स डिभिजन प्रमुख नेपाल आएका छन् । डिभिजन प्रमुख कृष्णमूर्ति ५ दिने भ्रमणमा नेपाल आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मंगलबार ६ सदस्यीय टोलीको नेतृत्व गरेर आएका कृष्णमूर्तिलाई नेपाल प्रहरीका डीआईजी जनक भट्टराईले स्वागत गरेका छन् ।

आइजीपी मूर्ति प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र नेपाल प्रहरी विशेष कार्यदल कपनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

उनले सशस्त्र प्रहरी बलको तालिम केन्द्रहरूको पनि अवलोकन गर्नेछन् । उनको भ्रमण संयुक्त राष्ट्रसंघको शान्ति मिसनसँग केन्द्रित हुने बताइएको छ ।

सम्बन्धित खबर