२०८१ जेठ ८, मङ्गलवार , ०२:४०:३५ बजे

Sajhamanch
'

सप्तरीमा आगलागी हुँदा ११० घरगोठ जलेर नष्ट

बुधवार, वैशाख १९, २०८१

जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको उनले बताए ।कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर