२०८१ जेठ ८, मङ्गलवार , ०२:५९:२७ बजे

Sajhamanch
'

इलाम २ मा सुहाङ र बझाङ प्रदेश सभा १ ‘क’ मा भण्डारीको अग्रता

आइतवार, वैशाख १६, २०८१

झापा । शनिबार सम्पन्न इलाम– २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र बझाङ प्रदेश सभा १ ‘क’को उपनिर्वाचनको मतगणना जारी रहँदा दुवै स्थानमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता बनाएका छन् ।

इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००१ पुर्‍याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् र उनले ७८४ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५६१ मत पाएका छन् ।

बझाङ प्रदेश सभा १ ‘क’को मतगणना जारी रहँदा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी ६०८ मतले अगाडि छन् । जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६०८ मतले अगाडि रहेका छन् ।

८०७२ सदर मतमध्ये भण्डारीले २८९० मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर