२०८१ वैशाख ३१, सोमवार , ०९:२४:२५ बजे

Sajhamanch
'

शेयर बजार दोहोरो अङ्कले बढ्यो, व्यापारबाहेक सबै समूहमा हरियाली

आइतवार, वैशाख १६, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा झरेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिभर फल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय आठ वटा कम्पनीका ६८ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको १३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

सम्बन्धित खबर