२०८१ वैशाख २७, बिहिवार , ०८:५७:३९ बजे

Sajhamanch
'

ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ

शनिवार, वैशाख १५, २०८१

धनकुटा । प्रहरीले ठूलो परिमाणको गाँजा (लागूऔषध) सहित दुई जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ बस्ने ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका–३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले करीब ६८ किलो गाँजासहित उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले साँगुरिगढी गाउँपालिका–७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१–०२५ च ४६७७ नम्बरको कारलाई जाँचका लागि रोक्न खोजेको थियो ।

त्यसक्रममा उनीहरु कार नरोकी कारबाट केही सामान फालेर भागेका र सामान खोतल्दा सो परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका–६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर