२०८१ वैशाख २३, आइतवार , ०१:१३:३५ बजे

Sajhamanch
'

अटोमेटिक पेस्तोलसहित पोखराबाट एक युवा पक्राउ

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।

लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।

सम्बन्धित खबर