२०८१ वैशाख २०, बिहिवार , ०२:३५:५१ बजे

Sajhamanch
'

पारिवारिक निजी वन संघ झापाको अध्यक्षमा शेरबहादुर तामाङ

शुक्रवार, वैशाख ७, २०८१

बिर्तामोड । पारिवारिक निजी वन संघ नेपाल झापा शाखाको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा शेरबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार झापाको बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित उक्त शाखाको अधिवेशनले तामाङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

सो अधिवेशनले शाखाको उपाध्यक्षमा मानबहादुर कार्की, सचिवमा भानुभक्त घिमिरे, उपसचिवमा कृष्ण चुडाल र कोषाध्यक्षमा विन्दा रेग्मीलाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै, शाखाको सदस्यहरूमा इन्द्र राजवंशी, अम्बिका पाठक, कृष्ण भट्टराई, रोमननाथ दाहाल, भूपराज लुईंटेल, दमन्ता कोइराला, हरिकृष्ण अधिकारी, खगेन्द्र गड्तौला, तारा बुढाथोकी, लक्ष्मी मैनाली, कमला घिमिरे, पीताम्बर राजवंशी र चेतनाथ राजवंशी चयन भएका निर्वाचन समितिका अध्यक्ष एवं संघका उपाध्यक्ष लक्ष्मण पाठकले बताए ।

शाखामा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष गिरी, वनविज्ञ सुमन घिमिरे, एफोन नेपालका वरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे, मेचीनगर नगरपालिकाका अधिकृत एवं मनोविद् सरस्वती मिश्र (ओली), सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, महासंघ कोशीका अध्यक्ष गोपाल भट्टराई, केन्द्रीय सदस्य भूमिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसक्रममा वक्ताहरुले नेपालको वन अभियानमा पारिवारिक निजी वन संघ नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखेका एफोन नेपाल कोशीका सचिव राजकुमार ओलीले बताए ।

झापासहित देशका ६८ जिल्लामा आफ्नो शाखा विस्तार गरेको उक्त संस्थाले वन ऐन र वन नियमावलीबारे आवाज बुलन्द पार्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

त्यस्तै, सो संस्थाले सरकारसमक्ष निजी वन किसानका काठ दाउरालाई धान, गहुँ, मकै बिक्री गरे झैं सहजरुपमा बेच्न पाउनुपर्ने माग राख्दै आएको छ ।

एफोन नेपालले पछिल्लो समय चुरे क्षेत्रको नदी किनारका पीडितकिसानलाई वन अभियानमार्फत आर्थिक उपार्जनमा सबल बनाउने लक्ष्य लिएर भूमिका निर्वाह गर्दै आएको बताइएको छ ।

उक्त संस्थाले झापाका रतुवा, कन्काई, बिरिङ, मेची लगायत नदीका पीडित र प्रभावित किसानलाई निजी वन लगाउन प्रेरित गर्दै अभियान शुरु गरिएको जनाएको छ ।

संघका झापा अध्यक्ष लक्ष्मण पाठकको अध्यक्षतामा भएको सो अधिवेशनको सञ्चालन शेरबहादुर तामाङले गरेका थिए ।

शुक्रवार, वैशाख ७, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर