२०८१ वैशाख १९, बुधवार , १२:४०:५६ बजे

Sajhamanch
'

सुरेन्द्रनगर पातालगंगा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल

बिहिवार, वैशाख ६, २०८१

मेचीनगर । सुरेन्द्रनगर पातालगंगा घैलाडुब्बा देवी तथा शिवालय मन्दिर समितिको अध्यक्षमा गणेशकुमार खरेल सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन समिति संयोजक दीपक काफ्लेका अनुसार आगामी ४ वर्षे कार्यकालका लागि खरेलको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । उक्त समितिको उपाध्यक्षमा जीवन तामाङ, सचिवमा निरज खालिङ राई, सहसचिवमा चन्द्र थापा र कोषाध्यक्षमा सूर्य अधिकारी छन् ।

त्यस्तै, सदस्यहरुमा किरण पोखरेल, तेजीमाया राउत, कृष्ण मुण्डा र सूर्यमान मगर छन् । समितिको पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण आउँदो शनिबार हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर