२०८१ वैशाख १९, बुधवार , ०२:५०:३० बजे

Sajhamanch
'

सभामुखलाई मुख्यमन्त्रीको पत्र : विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन सक्दैन

बुधवार, वैशाख ५, २०८१

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन नसक्ने दाबी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले बुधबार सभामुख अम्बरबहादुर बिष्टलाई लिखित पत्र पठाएर प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्ताव संविधानविपरीत भएको दाबी गरेका छन् । ‘‘संकल्प प्रस्ताव नेपालको संविधान २०७० को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ (क), (ख), (ग) र (घ) विरुद्ध भई प्रस्तावका रुपमा पेस गर्न नसकिने अवस्था रहेको वेहोरा जानकारीका लागि सदर अनुरोध छ ।’

सम्बन्धित खबर