२०८१ वैशाख १८, मङ्गलवार , ०४:४४:२४ बजे

Sajhamanch
'

च्याम्पियन्स लिग क्वार्टरफाइनल स् दोस्रो लेगमा डर्टमन्ड र एथ्लेटिको तथा बार्सिलोना र पीएसजी खेल्दै

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज क्वार्टरफाइनल अन्तर्गत दोस्रो लेगका खेल हुँदैछन् । आज राति पौने १ बजे बोरुसिया डर्टमन्ड र एथ्लेटिको मड्रिड खेल्दैछन् । यो खेल डर्टमन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा हुनेछ ।

पहिलो लेगमा एथ्लेटिकोले २–१ गोलको अग्रता लिएको छ । प्रि–क्वार्टरफाइनलमा डर्टमन्डले पीएसभी र एथ्लेटिकोले इन्टरलाई हराएर अन्तिम आठमा पुगेका हुन् । यस्तै आजै राति पौने १ बजे बार्सिलोना र पेरिस सेन्ट जर्मेइन ९पीएसजी० खेल्दैछन् ।

यो खेल बार्सिलोनाको घरेलु मैदान इस्टडी ओलिम्पिक लिउस कम्पानिसमा हुनेछ । पहिलो लेगमा बार्सिलोनाले ३–२ गोलको अग्रता लिएको छ । प्रि–क्वार्टरफाइनलमा बार्सिलोनाले नापोली र पीएसजीले रियल सोसिडाडलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

सम्बन्धित खबर