२०८१ जेठ ८, मङ्गलवार , ०३:४६:३३ बजे

Sajhamanch
'

हल्दिबारीबाट सामाजिक सुरक्षामा वार्षिक २० करोड ५५ लाख वितरण

मङ्गलवार, चैत २७, २०८०

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाको बजेटबाट वाार्षिक २० करोड ५५ लाख रुपैयाँ सामाजिक सुरक्षामा वितरण हुने गरेको छ ।

राज्यले तय गरेको नीति अनुसार ८ वटा क्लस्टरमा २ हजार ४६ पुरूष र २ हजार ७५५ जना महिला गरी ४ हजार ८०१ जनालाई सामाजिक सुरक्षा भत्ता उक्त रकम वितरण गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार चालू आर्थिक वर्ष २०८०÷०८१ को चैतसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ८०१ पुगेको हो । यो संख्या हरेक वर्ष बढ्दै गएको गाउँ पालिकाको तथ्याङ्कले देखाउँछ ।

सरकारले पहिचान गरेर पठाएका क्लष्टरहरु ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, पूर्ण अपांगता, अति अशक्त र अपांग, दलित बालबालिका र लोपोन्मुख समुदायलाई उक्त रकम वितरण हुने गरेको छ ।

नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३÷३ महिनामा बैंक मार्फत सम्बन्धित व्यक्ति कै खातामा पठाइदिने गरेको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार १ हजार १६८ पुरुष र १ हजार २०५ महिला गरी २ हजार ३७३ जना ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँका दरले भत्ता पाउने गरेका छन् ।

त्यसैगरी २६३ एकल महिला र ४४८ जना विधवा महिलालाई मासिक २ हजार ६६० रुपैयाँका दरले भत्ता उपलब्ध गराइन्छ छ भने ९३ जना पूर्ण अपांगता भएका ५३ पुरुष र ४० महिलाले मासिक ३ हजार ९९० रुपैयाँका दरले अपांगता भत्ता प्राप्त गरिरहेका छन् ।

त्यस्तै अति अशक्त अपांगता भएका ९० पुरुष र ६३ महिलाले मासिक २ हजार १२८, दलित बालबालिका ५१ पुरुष र ४३ महिलाले मासिक ५३२ र लोपोन्मुख जातिका ६५४ पुरुष र ६६० महिलाले मासिक ३ हजार ९९० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामार्फत् वार्षिक सामाजिक सुरक्षा भत्ता अन्तरगत २० करोड ५५ लाख २४ हजार २३९ रुपैयाँ खर्च हुने गरेको जनाइएको हो ।

सम्बन्धित खबर