२०८१ वैशाख १९, बुधवार , ०८:३५:४२ बजे

Sajhamanch
'

सहकारी ठगी प्रकरणमा २७१ जना पक्राउ

शुक्रवार, चैत २३, २०८०

झापा । सहकारी ठगी प्रकरणमा २७१ जना पक्राउ परेका छन् । हालसम्म ११ सय १० जना आरोपीहरू फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।सहकारीमा बचत गरेकामध्ये करिब ७ अर्ब रुपैयाँ बराबर जोखिममा रहेको प्रवक्ता ढकालको भनाइ छ ।

सहकारी ठगी प्रकरणका विषयमा संसद्मा समेत प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानविन समिति बनाउन लगातार आवाज उठाइरहेको छ । यता, प्रहरीको टाउको दुखाइ बनेका छन्– जिबी राई । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार हिनामिना गरेको आरोप छ ।
प्रकरणमा मुछिएका राईविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ गरिसकेको छ । हालसम्म उनलाई पक्राउ गर्न भने सकेको छैन । यो त केवल अहिलेको सर्वत्र चर्चामा रहेको विषय हो । तर, पछिल्लो एक वर्षमा सहकारीमा भएको अनियमितता सम्बन्धी देशभर कूल १४९ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि सहकारी ठगीको ८९ मुद्दा दर्ता भएका थिए । जसमा ७७ संस्थाहरू थिए, उक्त समयमा १९३ जना पक्राउ पर्दा ६ अर्ब १० करोड रुपैयाँ बराबरको ठगी भएको प्रहरीको अभिलेख रहेको छ ।

सम्बन्धित खबर