२०८१ जेठ ७, सोमवार , ०८:१०:४१ बजे

Sajhamanch
'

फोटोकपी सहितको प्रिन्टर मेसिन कोटेसन आह्वान सम्बन्धी सूचना

बिहिवार, चैत १५, २०८०
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८०।१२।१४
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का लागि निम्न विवरण अनुसारको एक थान Printer Machine को आवश्यकता भएको हुँदा इच्छुक फर्म वा कम्पनीबाट निम्न बुँदाका आधारमा रही न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।
सामग्रीको विवरणः
१.   प्रिन्टर मेसिन फोटोकपी सहितको हुनुपर्नेछ र A3 Size कपी गर्ने हुनु पर्नेछ ।
२.   प्रिन्टर मेसिन (फोटोकपीसहित) को टोनरको क्षमता न्यूनतम १० हजार प्रति प्रिन्ट गर्ने हुन पर्नेछ ।
३.  प्रिन्टर मेसिन (फोटोकपीसहित) को लेजर र Black & White (Monochrome) हुनु पर्नेछ ।
४.  प्रिन्टर मेसिन (फोटोकपीसहित)को टोनर रिफिल गर्न मिल्ने हुनु पर्नेछ ।
५.  प्रिन्टर मेसिन (फोटोकपीसहित) मा ढुवानी, वारेण्टी र मू.अ.क.सहितको मूल्य उल्लेख गर्नुपर्नेछ ।
६.  कोटेसन पेस गर्ने अन्तिम मिति २०८० चैत २० गते मंगलबार तोकिएको छ ।
७. कोटेसन संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टा वा इमेल ठेगाना [email protected] मा समेत पठाउन सकिनेछ ।
८.   कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि मो. ९८५२६८९४१८ (कर्पाेरेट आइटी विभाग)
– कर्पाेरेट कार्यालय

सम्बन्धित खबर