२०८१ जेठ ७, सोमवार , ०६:५९:४२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी शनिश्चरे कार्यालयको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, चैत १३, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/१२/०८

जिल्ला झापा अर्जुनधारा– ८ बस्ने स्व. जानुकादेवी प्रसाईँ (सदस्य नं. २००६५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल पुस २७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा– ८ बस्ने निजका श्रीमान गणेशप्रसाद प्रसाईँले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल चैत ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी शनिश्चरे कार्यालय

मङ्गलवार, चैत १३, २०८० | विज्ञापन

सम्बन्धित खबर