२०८१ जेठ ७, सोमवार , ०५:३६:३७ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

शुक्रवार, चैत ९, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/१२/०७

जिल्ला झापा अर्जुनधारा– ६ बस्ने स्व. गणेशबहादुर कोइराला (सदस्य नं. ६७६५६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल कात्तिक १९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–६ बस्ने निजकी श्रीमती नन्दाकुमारी कोइरालाले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल मंसिर ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बिर्तामोड कार्यालय

सम्बन्धित खबर