काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा आज नेपाल आफ्नो पहिलो खेलका लागि मैदान उत्रिँदा न्युजिल्यान्ड विरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्ड विरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ । नेपालले विश्वकपमा न्युजिल्यान्ड विरुद्धको दुवै खेलमा जित निकालेको थियो । यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा एक विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो ।
यस्तै, युवा विश्वकपमा नेपालले आठ वर्षपछि खेल्ने लागेको हो । यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपालले क्वार्टर फाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो ।
आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ ।
प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तान विरुद्ध खेल्नेछ ।