२०८१ पौष २९, सोमवार , ०३:४३:४८ बजे

Sajhamanch
'

मङ्गलमय मावि कमलको ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

शुक्रवार, पौष २७, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मङ्गलमय माध्यमिक विद्यालयले आज शुक्रबार एक कार्यक्रमका बीच आफ्नो ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा विद्यालयले आज विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ ।

विद्यालयले विद्यालयको प्रगति र उन्नतिका लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सामाजिक व्यक्तित्व तथा पूर्व विद्यार्थी एवम् अभिभावकहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सम्मानित हुनेहरूमा पूर्व विद्यार्थी एवम् कमल नगर अस्पतालमा कार्यरत डाक्टर फुलकचन्द लावती र कोहबरा आधारभूत स्वास्थ्य चौकीमा कार्यरत सृजना राजवंशी रहेका छन् । यस्तै अभिभावकतर्फ मंगलसिंह ताजपुरिया र सम्मति राई तथा संघ–संस्थाहरुमा वर्क फर नेपाल र लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति रहेका छन् ।

वार्षिकोत्सव समारोहमा विध्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेले विद्यालयको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्रधानाध्यापक डम्बर पोख्रेलले कार्यक्रमको औचित्यसहित आमन्त्रितहरुलाई शाब्दिक स्वगत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर थापाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष राई, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल लगायतले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव समारोहमा अग्रेजी भाषामा फररररर मन्तव्य राख्ने सोही विद्यालयका विध्यार्थी तुलसा बस्नेतलाई नगद ३ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । सो समारोहमा जंगफुडले विध्यार्थीको स्वास्थ्यमा पुर्याइरहेको असरका विषयमा लघु नाटक प्रस्तुत गरिनेका साथै विभिन्न सांगीतिक प्रस्तुति समेत भएको थियो ।

सम्बन्धित खबर