२०८१ माघ १३, आइतवार , ०३:२०:४५ बजे

Sajhamanch
'

नेल्टा झापाको अध्यक्षमा पराजुलीसहित सर्वसम्मत नेतृत्व चयन

आइतवार, पौष १५, २०८०

झापा । अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ।

नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा वत्सल भट्टराई चयन भएका छन्।

यसैगरी सदस्यहरूमा पुण्यमाता खतिवडा, तारा लाबुङ, अनुप शर्मा, खेमराज आचार्य ,समीक्षा गौतम, राजेन्द्र अधिकारी, दिपेन लिम्बू ,दीपक शर्मा वाग्ले, रामप्रसाद पराजुली र अमिरकुमार तिम्सिना रहेका छन् ।

सम्मेलनले नेल्टा झापाका निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ। समितिका सदस्यहरूमा केशवप्रसाद मैनाली, ,रुद्रबहादुर थापा, टिकाप्रसाद सुवेदी र जेनी राई रहेका छन् ।

शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश पराजुलीलाई माइन्युट बुक प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरिएको छ।

सात वर्षअघि झापामा नेल्टाको गठन भएको थियो । दुई कार्यकाल लगातार धर्मेन्द्र भट्टराईको नेतृत्वमा नेल्टा झापाले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

नयाँ नेतृत्व चयनका लागि नेल्टा झापाले तेस्रो जिल्ला सम्मेलन को आयोजना गरी नवनिर्वाचित कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। बिर्तामोडस्थित एभरेस्ट स्मार्ट एजुकेसन फाउन्डेसनमा आयोजना गरिएको सम्मेलनमा नेपालका प्रसिद्ध लेखक तथा अंग्रेजी शिक्षकका प्राध्यापक प्रोफेसर डक्टर विष्णु सिंह राईको प्रमुख आतिथ्य रहेको थियो ।

सम्मेलनमा नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपाल प्रमुख वक्ताको रुपमा रहेका थिए । यसैगरी कार्यक्रममा प्राध्यापक उषा किरण वाग्ले र जेनी राईले विशेष सेसनहरू प्रस्तुत गरेका थिए।

नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईको अध्यक्षतामा आयोजित सम्मेलनमा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी नेल्टाका केन्द्रीय सदस्य केशव भट्टराई नेल्टा कोशी प्रदेशका महासचिव रविन बराल इलाम शाखाका उपाध्यक्ष तीर्थमान राई एभरेस्ट स्मार्ट स्कूलका प्रिन्सिपल अनुप शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

झापाका सरकारी तथा संस्थागत विद्यालय एवम् क्याम्पस तथा कलेजका अङ्ग्रेजी शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको उक्त सम्मेलनको सञ्चालन केशव उप्रेती र संगीता बस्नेतले गरेका थिए।

सम्मेलनलाई जेनुइन कन्सल्टेन्सी एण्ड भिसा सर्भिसले प्रमुख प्रायोजन गरेको थियो भने एभरेस्ट स्मार्ट स्कूल बुट्टाबारी, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, इकोहोम कलेज बिर्तामोड र एन प्याब्सन झापाको सहयोग रहेको थियो।

सम्बन्धित खबर