२०८१ साउन १२, शनिवार , ०७:१८:५७ बजे

Sajhamanch
'

लोक सेवाले प्रकाशित गर्‍यो विभिन्न परीक्षाफल

बुधवार, पौष ११, २०८०

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ।

आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणीरतह र पदको लिखित परीक्षामा संलग्न भएर अन्तर्वातामा छनौट भएका उम्मेदवारहरूको नामावली प्रशासन गरेको हो।

छनौट भएका उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै प्रयोगात्मक र अन्तरवार्ताको मिति र स्थान समेत तोकेको छ।

विज्ञापन नम्बर अनुसार लिखित उर्तीण उम्मेदवारका लागि बुटवल, सुर्खेत र दिपायलस्थित लोक सेवा कार्यालयमा अन्तरवार्ता हुने जनाइएको छ। ती अन्तरवार्ता तीन वटै क्षेत्रीय कार्यालयमा माघ ८, ९ र १० गतेका लागि तोकिएको छ।

सम्बन्धित खबर