२०८१ माघ १३, आइतवार , ०९:१५:२० बजे

Sajhamanch
'

देशभरका विद्यालयले आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने

बुधवार, पौष ११, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने ज्येष्ठ नागरिकप्रति बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको उनले बताएका छन् ।

ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको उनको भनाइ छ ।

“ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्‍चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ,” सुभकामना सन्देशमा उनले भनेका छन्, “यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ ।”

सम्बन्धित खबर