काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ ।शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शाहरुख स्टारर फिल्म ‘डंकी’ले २९.२० करोडको ओपनिङ गर्यो । उसले दोस्रो दिन गरेको २०.५० करोड भारु कमायो । ‘डंकी’ले दुई दिनमा ५० करोड संकलन गर्यो ।
‘सलार’ भारतीय फिल्मको इतिहासमा सर्वाधिक ओपनिङ गर्ने चौंथो फिल्म बनेको छ । ‘बाहुबली २’, ‘आरआरआर’ र ‘केजीएफ २’ ले १०० करोडभन्दा बढीको डेब्यु गरेका थिए । सलारले भारतको आन्ध्र प्रदेश र तेलंगना राज्यमा मात्रै ७० करोडको ब्यापार गरेको छ ।
‘सलार’ले विश्वभर १७८.८ करोड भारुको ओपनिङ गरेको छ । प्रभास, पृथ्वीराज सुकुमारण र श्रुति हसनको शीर्ष भूमिका रहेको ‘सलार स् पार्ट वन सिजफायर’पछि दोस्रो संस्करण पनि बन्दैछ जसको शीर्षक ‘सलार : सौर्याङ्ग पर्वम’ राखिएको छ ।