२०८१ साउन ११, शुक्रवार , ११:३१:१५ बजे

Sajhamanch
'

एमाले जिल्ला अधिवेशनको समय चार महिना थप, मंसिर ६ मा केन्द्रीय कमिटी बैठक

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको जिल्ला अधिवेशन मिति थप गरेको छ ।

माघ महिनामा सम्पन्न गर्ने भनिएका जिल्ला अधिवेशनका लागि चार महिना समय थप भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले जेठ मसातसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने निर्णय गरेको जानकारी दिए ।

सम्बन्धित खबर