२०८१ जेठ १४, सोमवार , ११:३६:१२ बजे

Sajhamanch
'

मन्त्रिपरिषद्को बैठक बस्दै

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटमा भूकम्पले पुर्‍याएको क्षति र राहतका विषयमा मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले नागरिक न्युजलाई बताए।

बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय सिंहदरवारमा बस्ने छ। बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्ने पनि उनले बताए।

उनले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको बैठक लगतै बिहान ९ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक पनि बोलाएका छन्।

सम्बन्धित खबर