२०८१ माघ ४, शुक्रवार , ०७:०४:०८ बजे

Sajhamanch
'

एनएमसीका सञ्चालकहरुलाई सबलीकरण

बिहिवार, असोज १८, २०८०

इलाम । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका लागि दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्लाको कुट्टीडाँडामा असोज १६ र १७ गते कार्यक्रम सम्पन्न भएको हो ।

गत जेठ महिनामा सम्पन्न निर्वाचनबाट नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति पदाधिकारीलाई बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का पूर्व प्रमुख कार्यकारी अधिकृत कुबेर निरौलाले सहजीकरण गरेका हुन् ।

तालिममा सहकारीहरुको विद्यमान चुनौति तथा भावी कार्यदिशा बारे कार्यशाला सम्पन्न गरिएको थियो । सहकारीमा व्यवस्थाकीय क्षमता, सञ्चालक तथा लेखा समितिको भूमिका, विद्यमान कानुनी व्यवस्थाका साथै संस्थाको सबलीकरणका लागि भावी कार्यदिशा निर्धारण सम्बन्धमा सहजकर्ताले निरौलाले सहजीकरण गरेका थिए ।

तालिम समापनका अवसरमा प्रतिक्रिया दिँदै सहभागीहरुले तालिमा प्राप्त गरेको ज्ञानलाई संस्थाको आगामी कार्ययोजना बनाउन फलदायी बन्ने विश्वास व्यक्त गरेका छन् । तालिममा सिकेका कुरालाई संस्थाको हितमा लागू गर्न आवश्यक रहेको सहभागीहरुको भनाई थियो ।

समापन कार्यक्रममा बोल्दै सहजकर्ता कुबेर निरौलाले ३० वर्षभन्दा लामो अनुभव बटुलेको एनएमसीले आफ्ना सदस्यहरुको हितमा केन्द्रित भई गर्दै आएको कामको प्रशंसा गर्दै यसको निरन्तरताका लागि अझै लागिपर्न सञ्चालकहरुलाई सुझाव दिएका थिए ।

संस्थाका सञ्चालक समिति अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

देशकै अग्रणी सहकारीको रुपमा परिचित एनएमसीमा हाल एक लाख ५० हजारभन्दा बढी सदस्य आवद्ध छन् । बहुउद्देश्यीय प्रकृतिको संस्था एनएमसीले हाल बचत तथा ऋण, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योग गरी ५ वटा व्यवसाय सञ्चालन गरिरहेको छ ।

सम्बन्धित खबर