२०८१ मंसिर १५, शनिवार , १०:४७:१६ बजे

Sajhamanch
'

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

बिहिवार, असोज १८, २०८०

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, बिहीबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबर

आजको मौसम
शनिवार, मंसिर १५, २०८१
आजको मौसम
बिहिवार, मंसिर १३, २०८१
आजको मौसम
बुधवार, मंसिर १२, २०८१