नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत भइरहेको क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएको छ । पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेलिरहेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
टेस्ट मान्यता प्राप्त भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई विश्वकीर्तिमानी रुपमा २७३ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।
ताजा अवस्था :
यो समाचार तयार पार्दैगर्दा नेपालले भारतविरुद्ध १९औँ एसियाडमा दोस्रो विकेट लिएका छ । युनिभसिटी मैदानमा नेपालका लागि सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । इनिङ्सको ११ दशमलव ४ ओभरमा सोमपालले तलिक वर्मालाई सीधै बोल्ड गरेका थिए ।
तिलकले १० बलमा दुई रनमात्र बनाए । भारतले दुई विकेटको नोक्सानीमा १११ रन बनाएको छ । क्रिजमा यशस्वीले ३७ बलमा समान ६ चौका र छक्का प्रहा रगरी ७९ रन बनाएका छन् । ओपनर तथा कप्तान ऋतुराजले २३ बलमा २५ रन जोडेका थिए ।
नेपालले ९ दशमलव ५ ओभरमा भारतका ओपनर ऋतुराज गायवाडको विकेट लिएको थियो । दीपेन्द्रसिंह ऐरीको ओभरमा कप्तान रोहित पौडेलले ऋतुराजको सहज क्याच लिँदै नेपाललाई पहिलो सफलता दिलाए । ऋतुराजले २३ बलमा चार चौकाको सहयोगमा २५ रन बनाए । यशस्वीले ७३ रन जोडेका छन् ।
नेपाल र भारतबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल भइरहेको छ । आइसिसीको पछिल्लो टी–२० वरीयतामा भारत शीर्ष स्थानमा र नेपाल १६औँ स्थानमा छ । भारतले दक्षिण अफ्रिकामा सन् २००७ मा भएको आइसिसी टी–२० विश्वकपको उपाधि जितेको थियो ।
नेपालको प्लेइङ–११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
भारतको प्लेइङ–११
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।