
काठमाडौँ । सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।
प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा सरकारले माध्यमिक परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ।
एसईई खारेज गरेर बोर्ड परीक्षा १२ कक्षामा हुने व्यवस्था प्रस्ताव गरिएको गरेको छ।
सरकारले विधेयकमा गरेको प्रस्ताव अनुसार कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै लिनेछ। जसलाई आधारभूत शिक्षा भनिएको छ। ९, १० र ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिनेछ।


