२०८१ माघ ३, बिहिवार , ११:१४:३८ बजे

Sajhamanch
'

शिक्षा ऐन संशोधन विधेयकः एसईई हटाइने, कक्षा १२ मा मात्रै बोर्ड परीक्षा

बुधवार, भदौ २७, २०८०

काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरिएको छ । अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने उल्लेख छ ।

यसअघि पनि एसईई परीक्षा प्रदेशबाट लिने कानुनी व्यवस्था थियो । तर हालसम्म राष्ट्रिय परीक्षा बोर्डले नै सो परीक्षा सञ्चालन गरिँदै आएको थियो ।

सरकारले प्रस्ताव गरेको विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्तावित विधेयकमा उल्लेख छ ।

आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्न पत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रहेर निर्माण गर्नुपर्ने पनि प्रस्ताव गरेको छ ।

सम्बन्धित खबर