२०८१ पौष २४, बुधवार , ०३:५१:१३ बजे

Sajhamanch
'

लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

बुधवार, भदौ २७, २०८०

काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ ।अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।

सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ । उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको र घर, गाडी, विद्यालय लगायतका संरचनाहरु बगाएको भिडियो फुटेजमा देखिएको खबरमा उल्लेख छ ।त्यहाँ इजिप्टबाट समेत केही सहायता आउन थालेको छ, तर लिबियाको राजनीतिक अवस्थाले गर्दा उद्धार प्रयासमा बाधा पुगेको छ । अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर