२०८१ माघ ३, बिहिवार , ०७:१५:१० बजे

Sajhamanch
'

लागुपदार्थ दुर्व्यशनी विरुद्धको खुदुनाबारीमा सचेतना कार्यक्रम

सोमवार, भदौ १८, २०८०

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनी विरुद्धको सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ।

२०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीको जनता माविमा लागुपदार्थ दुर्व्यशनी विरुद्धको एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखा र इलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किशोर अवस्थाका विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखिकरण गरिएको थियो । जनता माविको सभाहलमा भएको कार्यक्रममा करिब २५० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

सचेतना कार्यक्रमलाई इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागुपदार्थ दुर्व्यशनी विरुद्धको अभियन्ता कृष्ण गौतम र लागुपदार्थ दुर्व्यशनी विरुद्धको अभियन्ता तथा पूर्व लागुऔषध प्रयोगकर्ता उत्सव ढकालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा लागुपदार्थ भनेको के हो ? त्यसको प्रयोग, प्रयोगपछिको असर, लागुपदार्थको प्रयोग र कारोबार विरुद्धमा लागुहुने कानुन लगायतका विषयमा विद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक सुरज कार्कीले अभिमुखिकरण गरेका हुन् ।

त्यस्तै अभियान्ता ढकालले लागुपदार्थको प्रयोगबाट आफूले भोग्नुपरेको समस्या, जीवनमा त्यसको प्रभाव लगायतका विषयलाई समेटेर अनुभव सुनाएका थिए ।

सहयात्रा ग्रुप नेपालका अध्यक्ष तिलक योञ्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति अर्जुनधारा नगरपालिका वडा नं. ३ का अध्यक्ष सिताराम भट्टराई र विद्यालयका प्रध्यानाध्यापक जयप्रकाश भण्डारीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष योञ्जनले पछिलो समय समाजको मुख्य समस्याको रुपमा बढ्दै गएको लागुऔषध प्रयोगलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम महत्वपूर्ण हुने धारणा राखेका थिए । उनले लागुपदार्थ प्रयोगकर्ता बनेको एक व्यक्तिलाई प्रयोगमुक्त बनाउन धेरै समय, स्रोत साधान र लगानी गर्नुपर्ने अवस्था रहेको पनि प्रष्ट पारेका थिए ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति तथा सहयात्रा ग्रुपका सदस्य मुकुन्द भण्डारीले कार्यक्रम आयोजनाको औचीत्य माथि प्रकाश पारेका थिए ।

संस्थाका सचिव मदन भट्टराईले संचालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य राजु खड्काले शाब्दिक स्वागत गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा सहयात्रा ग्रुपका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका पदाधिकारी तथा सदस्यहरु, विद्यालयका शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

सामाग्री तथा पुरस्कार वितरण

अभिमुखीकरण कार्यक्रमअघि नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको तर्फबाट सोही विद्यालयका ६१ जना विद्यार्थीहरुलाई कपी, पेन लगायतका शैक्षिक सामग्री र कक्षा कोठामा आवश्यक पर्ने सरसफाई सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट २ जना शिक्षक र एकजना कर्मचारीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारीले उक्त सामग्री र पुरस्कार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालयको बालक्लबलाई सहयात्रा ग्रुपको तर्फबाट बाल क्लबको ब्याच निमार्ण गरी प्रदान गरिएको थियो । सहयात्रा ग्रुपका अध्यक्ष योञ्जनले उक्त ब्याच हस्तनान्तरण गरेका थिए ।

सम्बन्धित खबर