झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा सेवारत ब्यवस्थापक तहका कर्मचारीहरुका लागि पुनःताजगी तालिम सञ्चालन गरिएको छ ।
कर्पोरेट म्यानेजमेन्ट टिमको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न पुनःताजगी तालिममा चारवटा क्षेत्र अन्तरगतका बचत तथा ऋण व्यवसायका व्यवस्थापक तहका कर्मचारीहरु र संस्थाका अन्य चारवटा व्यवसायका प्रमुखसहित व्यवस्थापक कर्मचारीहरुको सहभागिता थियो ।
पुनःताजगी तालिममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा र निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको नारा असल संस्कारसँग सम्बन्धित विषयमा सहजीकरण गरेका थिए ।
यस्तै प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले व्यवस्थापकीय क्षमता अभिवृद्धि विषयमा सहजीकरण गर्दै व्यवस्थापक को हो ? यो तहका कर्मचारीबाट जिम्मेवारीबोध एवम् नतिजाको कस्तो अपेक्षा गरिएको हुन्छ ? व्यवस्थापकहरु पोजिसन होल्डर मात्र हुन् कि संस्थालाई रचनात्मक मार्गमा डोहोर्याउने साधक हुन् भन्नेजस्ता विषयमा प्रशिक्षित गरेका थिए ।
यसअघि पनि सोही प्रकृतिको पुनःताजगी तालिम भदौ १३ गते बुधबार शिवसताक्षीको झिलझिलेमा सम्पन्न गरिएको थियो ।
समान कार्यसूचिमा समान सहजकर्ताहरुको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा मोरङ क्षेत्र, कनकाई रतुवा क्षेत्र ‘क’ र ‘ख’का सेवाकेन्द्र प्रमुखहरु एवम् व्यवसायिक इकाईका प्रमुखहरुको सहभागिता थियो ।