२०८१ माघ ४, शुक्रवार , १०:२५:२० बजे

Sajhamanch
'

क्यान झापाको साधारणसभा सम्पन्न, पूर्व जिल्ला अध्यक्ष खनालले एक लाख रुपैयाँ र केन्द्रीय सचिव मैनालीले लेखास्त्र सफ्टवेयर निशुल्क दिने घोषणा

शनिवार, भदौ १६, २०८०

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

क्यानका झापा अध्यक्ष कृष्णप्रसाद घिमिरको अध्यक्षतामा भएको कार्यक्रममा क्यानका केन्द्रीय सचिव भूपेन्द्रप्रसाद मैनालीको प्रमुख आतिथ्य थियो । महासंघ झापा उपाध्यक्ष रोशन बुढाथोकीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लोकप्रिय खनालले गरेका थिए ।

उद्घाटन कार्यक्रममा क्यानका केन्द्रीय सचिव मैनाली, क्यानका कोशी प्रदेश अध्यक्ष रोशन दाहाल, गोमेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा. रुपकप्रसाद खनाल, क्यान झापाका पूर्व अध्यक्ष लक्ष्मीकान्त खनाल, पत्रकार गोपाल काफुले, प्राइम स्कूलका नन्दकुमार खवासले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा क्यानले गत असार १७ देखि साउन १३ गतेसम्म सञ्चालन गरेको कम्प्युटर हार्डवेयर तथा टेक्निसियन तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

क्यानका झापा अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कोभिड महामारी र आर्थिक मन्दीले पुर्याएको असरलाई आगामी दिनमा पूर्ति गर्दै संस्थाको गतिविधिलाई थप ससक्त बनाउने बताए ।

यस्तै, सचिव खनालले आफ्नो कार्यकाल सुरु भएदेखि हालसम्मको कामहरु समेटिएको प्रतिवेदन र कोषाध्यक्ष बिनोद श्रेष्ठले लेखा परीक्षण प्रतिवेदनसहित आम्दानी खर्चको फेहरिस्ता प्रस्तुत गरे । उपर्युक्त प्रस्तावहरु माथि बन्दशत्रमा गहन छलफल गरी पास गरिएको थियो । क्यान झापाले विधान महाधिवेशनका लागि केही रचनात्मक सुझावहरु तयार गरेर पास गराएको छ ।

यसैबीच, साधारणसभाको अवसरमा मन्तब्य राख्दै क्यान फेडरेशन झापाका पूर्व अध्यक्ष लक्ष्मीकान्त खनालले क्यान झापाको लागि कार्यालय सञ्चालन गर्ने कक्ष र उपयुक्त कार्यक्रम सञ्चालन गर्नका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बचन दिएका छन् ।

मन्तब्यकै क्रममा क्यान महासंघका केन्द्रीय सचिव भूपेन्द्र मैनालीले क्यानको वित्तीय कारोबारहरु पारदर्शी एवम् व्यवस्थित रुपमा राख्न लेखास्त्र सफ्टवेयर निशुल्क उपलब्ध गराउने एवम् एएमसी पनि नलिने घोषणा गरे ।

सम्बन्धित खबर