![](https://sajhamanch.com/wp-content/uploads/2023/08/shankar1628654277.jpg)
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वको टोली चीन भ्रमण जाने भएको छ ।
आगामी आइतबार नेताहरु चीन भ्रमणमा जाने तय भएको छ । भ्रमणमा पोखरेलको नेतृत्वको टोलीमा विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु रहनेछन् ।
भ्रमण टोलीको टुंगो लाग्न बाँकी रहेको गौतमले बताए । “चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा जान लागेका हौँ,” उनले भने ।
उनका अनुसार भदौ २९ गते फर्कने प्रारम्भिक कार्यकतालिका बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी असोजको पहिलो साता चीन भ्रमण जाँदै छन् । त्यसअघि, एमाले नेताहरु जान लागेका हुन् ।