![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Dhading-bus-accident.jpg)
गजुरी (धादिङ) । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिएका छन् ।
‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ’ डिएसपी जयसवालले भनेका छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।