२०८१ माघ ३, बिहिवार , ०८:३०:५४ बजे

Sajhamanch
'

लिङ्कन मन्टेश्वरीमा आँखा स्वास्थ्य शिवीर

शुक्रवार, साउन १९, २०८०

बिर्तामोड । आँखा पाक्ने रोग फैलिएकाले झापाका स्थानीय तहले विद्यालय विदाको घोषणा गर्दैगर्दा बिर्तामोड वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखाको निःशुल्क परीक्षण गरिएको छ ।

बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार लिङ्कन मन्टेश्वरीको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिवीर सञ्चालन भएको हो ।

आँखा स्वास्थ्य शिवीरमा मन्टेश्वरीमा अध्ययनरत नानीबाबु, अभिभावक, स्थानीय गरी ८० जनाभन्दा बढीको आँखा परीक्षणसहित औषधिसमेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र साहयक सञ्जु अर्यालले जानकारी दिइन् ।

बिर्तामोड आँखा अस्पतालकी नेत्र साहयक अर्याल र दृष्टि विशेषज्ञ भावना गनगाईले आँखा परीक्षण गरेका थिए ।

आँखा पाक्ने रोगको परीक्षणसँगै नानीबाबुहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उद्देश्यले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

राधाकृष्ण कीर्तन मण्डलीका अध्यक्ष पूजा काफ्ले खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग ब्यापक रुपमा फैलिरहेकोले सतर्क रहन सबैलाई आग्रह गरे । उनले आँखा पाकेको औषधी जुनसुकै मेडिकल पाइने भए पनि नेत्र विशेषज्ञलाई देखाएर मात्र प्रयोग गर्न सुझाव दिए । दाहालले आँखा पाक्ने रोगको औषधि पनि कुनै कडा प्रकारको हुने र त्यसले आँखामा अर्को ठूलो समस्या पैदा गर्ने भएकाले नेत्र विशेषज्ञको सल्लाह अनुसार प्रयोग गर्न सबैमा आग्रह गरेका हुन् ।

कार्यक्रममा राधाकृष्ण किर्तन मण्डलीका अध्यक्ष पूजा काफ्ले खरेल, जिल्ला बालसञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, स्थानीय खिब अधिकारीलगायतले मन्तव्य राखेका थिए ।