२०८१ कार्तिक २, शुक्रवार , ०४:४४:४६ बजे

Sajhamanch
'

थाइल्यान्डमा पटका गोदाममा विस्फोट हुँदा नौ जनाको ज्यान गयो, एक सय जनाभन्दा धेरै घाइते

आइतवार, साउन १४, २०८०

थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताएका छन । । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ । ऐजेन्सी

सम्बन्धित खबर