२०८१ पौष २४, बुधवार , ०९:०४:४१ बजे

Sajhamanch
'

नाइजरका राष्ट्रपति बाजुम असन्तुष्ट सुरक्षाकर्मीको कब्जामा : सेनाद्वारा विना सर्त रिहा गर्न आग्रह

बिहिवार, साउन ११, २०८०

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन ।

पश्चिम अफ्रिकी समूह (इकोवास) ले यो घटनालाई ‘कु’ को प्रयास भनेको छ । साथै इकोवासले घटनाको निन्दा गरी राष्ट्रपतिलाई तत्काल विना सर्त रिहा गर्न आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी भएका थिए ।

नाइजरको सेनाले नियन्त्रणमा रहेका राष्ट्रपतिसहित सबै सदस्यलाई तत्काल विना सर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म कुनै असामान्य अवस्था उत्पन्न भएको छैन ।ऐजेन्सी

सम्बन्धित खबर