२०८१ पौष २४, बुधवार , १२:५४:४५ बजे

Sajhamanch
'

ब्रसेल्समा सात वर्षअघिको आत्मघाती बम आक्रमण : ६ जना दोषी ठहर

बुधवार, साउन १०, २०८०

ब्रसेल्सको एक विमानस्थलमा आत्मघाती बम आक्रमणमा ३२ जनाको मृत्यु भएको सात वर्षपछि अदालतले घटनामा संलग्न ६ जनालाई दोषी ठहर गरेको छ।

लामो सुनुवाइ र १९ दिनको अदालती बहसपछि ब्रसेल्सको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। जसको मुख्य योजनाकार ३३ वर्षीय सलाह अब्देस्लाम रहेका छन्। सन् २०१५ को पेरिस बम र बन्दुक आक्रमणमा पनिअब्देस्लाम मुख्य योजनाकार थिए। जसमा १३० जनाको मृत्यु भएको थियो।

अब्देस्लाम सन् २०१५ मा भएको हमलापछि पेरिसबाट बेल्जियम भागेका थिए। त्यसको चार महिनापछि समातिएका उनले बम विस्फोटमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए। तर लामो समयपछि ब्रसेल्सको अदालतले उनलाई दोषी ठहर गरेको छ।

सन् २०१६ मा पनि उनले जाभेन्टेम एयरपोर्टमा आफ्नो अनुपस्थितिमै आफ्ना भाइहरूलाई उस्काएर आक्रमण गर्न लगाएका थिए। यो घटनामा १६ जनाको मृत्यु भएको थियो।ऐजेन्सी

सम्बन्धित खबर