२०८१ पौष २४, बुधवार , १०:५९:४३ बजे

Sajhamanch
'

युक्रेनले क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाको पुष्टि

शुक्रवार, साउन ५, २०८०

युक्रेनले रुसी सेनाविरुद्ध क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । क्लस्टर बम युक्रेन पुगिसकेको र त्यहाँ प्रयोग भइरहेको ह्वाइट हाउसले बताएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्लस्टर बम रूसी रक्षात्मक स्थिति र अपरेसनविरुद्ध प्रभावशाली रुपमा प्रयोग भएको बताएका छन् । एउटा क्लस्टर बममा धेरै साना बमहरु रहेका हुन्छन् र यसले नागरिकलाई सिर्जना गर्ने खतराका कारण १०० भन्दा बढी देशले प्रतिबन्ध लगाएका छन् ।

युक्रेनी हतियार आपूर्ति बढाउन अमेरिका क्लस्टर बम आपूर्ति गर्न सहमत भएको थियो । युक्रेनले यो बम व्यापक रुसी सैन्य स्थिति रहेको ठाउँमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्लस्टर बम दिने निर्णयलाई निकै जटिल भएको बताएका थिए । अमेरिकाका सहयोगी बेलायत, क्यानडा, न्युजिल्यान्ड र स्पेनले यसको प्रयोगको विरोध गरेका थिए । ऐजेन्सी

 

सम्बन्धित खबर