२०८१ पौष २७, शनिवार , ०६:००:११ बजे

Sajhamanch
'

दक्षिण कोरियामा सुरुङमार्गमा फसेका मध्ये ९ जनाको शव फेला

सोमवार, साउन १, २०८०

दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीका कारण एउटा सुरुङमार्गमा फसेकाहरु मध्ये ९ जनाको शब फेला परेको छ ।

दक्षिण कोरियाको ओसोङ शहरको भुमिगत सुरुङमा बाँध फुटेपछी कम्तिमा १५ वटा सवारीसाधन फसेको थियो । त्यसपछि ४ सय बढी गोताखोर सहितको उद्धारकर्ताहरुले खोज तथा उद्धार कार्य तिब्र पारेका थिए ।

उद्धारकर्ताहरुले ९ जनाको शव निकालेका छन भने हराईरहेका कम्तिमा ११ जनाको खोजी जारी राखेका छन् । दक्षिण कोरियामा हालै आएको बाढी र पहिरोमा परि हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ । जुलाई ९ देखि सुरु भएको मुसलधारे वर्षा सँगै आएको बाढीले दक्षिण कोरिकाका अधिकांश शहरहरु जलमग्न भएका छन् ।

सेनालाई उद्धार कार्यमा कमी कमजोरी हुन नदिन निर्देशन दिइएको छ । विगत तीन दिनदेखि जारी वर्षाले देशको जनजीवन अस्तब्यस्त बनेको छ । उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा सडक जलमग्न हुनुका साथै यातायात सेवा पनि अवरुद्ध भएको छ ।

त्यहाँको मौसम विभागका अनुसार शनिबार तीन सय मिलिमिटर वर्षा भएको थियो भने अझै केही दिन भारी वर्षा कायमै रहने छ । केही समय यता भएको भीषण वर्षाका कारण भारत, चीन र जापान लगायतका मुलुकमा पनि धेरै जनधनको क्षति भएको छ ।एजेन्सी

सम्बन्धित खबर